shiling ling

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

Monday, November 26, 2012

सुचना ! सुचना !! सुचना !!!

कार्यक्रम स्थल बनाउनु हुंदै धादिङ सेमजोङमा । 
मंगोल नेशनल अर्गनाइजेशन गांउ सभा सेमजोङ धादिङको प्रमुख हरी तामाङको बिशेष पहला मिती २०६९ साल मंसिर ११ गते  धादिङ जिल्लाको सेमजोङमा हुन गइरहेको बिशाल मंगोल सभा बिशेष कारणबस स्थगित हुन पुगेको जानकारी गराउंदछौ । 
 उक्त दिन हुने कार्यक्रमको निम्ती मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सम्पर्क सभा पदाधिकारिहरुको बिशेष छलफल बाट मंगोल नेशनल अर्गनाइजेशको बारीष्ठ केन्द्रीय सदस्य बिरलाल राइ,मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभा सदस्य रिन्छेन दोर्जे तामाङ तथा आगामी दिनको मंगोल नेत्री सानुमाया तामाङ सो कार्यक्रममा भाग लिन जानु भए पनि सोही दिन मिती २०६९ साल मंसिर १० गते राती ११ बजे मंगोल नेशनल अर्गनाइजेशनको सेमजोङको सक्रीय कार्यकर्ताको बुवा ९० बर्षको उमेरमा निधन हुन पुग्नु भएको कारणले स्थगित भएको र सो स्थगित कार्यक्रम अब १ महिना पछी मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङ घोषणा समेत हुने गरी आयोजना गरिने र सो कार्यक्रमको निम्ती सम्पूर्ण अहिन्दू मुलबासी मंगोल समुदायहरु लाई आर्थक ,नैतिक जुनसुकै रुपबाट भए पनि सहयोग गरिदिनु हुनको निम्ती अनुरोध गर्दै,निधन हुन पुग्नु भएको हाम्रो मंगोल नेशनल अर्गनाइजेशनको सक्रीय कार्यकर्ताको बुवाको म्रुत आत्माको कामना गर्दै  उहां हरुको परिवारजनप्रती मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सम्पर्क सभाले समवेदना प्रकट गर्नु भएको कुरा मंगोल भिजनको प्रतीनिधी संगको कुरकानी धादिङ बाट हरी तामाङले जानकारी गराउनु भएको छ । 

Friday, November 23, 2012


"मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको बिशेष अपिल"

MNO DHADING Semjong 
मिती २०६९ साल मंसिर ११ गते आइतबार धादिङ जिल्लाको सेमजोङ मा मंगोल नेशनल अर्गनाइजेशनको बिशाल आमसभा हुने भएको छ भर्खर मात्र मंगोल भिजनको प्रतीनिधी संग भएको कुराकानी अनुसार उक्त दिन मंगोल नेशनल अर्गनाइजेशनको बरिष्ट केन्द्रीय सदस्य बिरलाल राइ, मंगोल नेशनल अर्गनाइजेशनसको प्रखर युवानेता तथा केन्द्रीय सम्पर्क सभाको सचिव अरुणराज गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सम्पर्क सभा सदस्य रिन्छेन दोर्जे तामाङ र मंगोल नेशनल अर्गनाइजेशनको नुवाकोट जिल्ला प्रतीनिधी तथा भबिष्यको मंगोल युवा नेत्री सानुमाया तामाङको गरिमामय उपस्थितिमा अहिन्दू मुलबासी मंगोल समुदायको घनाबस्ती भएको धादिङ जिल्लाको सेमजोङमा सम्पन्न हुने कुरा धादिङ जिल्ला प्रतीनिधी हरी तामाङ मार्फत फोन मा जानकारी । साथै उक्त दिन सम्पूर्ण धादिङ जिल्ला बासी अहिन्दू मुलबासी मंगोल समुदाय हरुको बिशेष उपस्थितिको निम्ती हार्दिक अपिल गर्नु भएको छ । 
  
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङ !!! 

Saturday, November 17, 2012


धादिङ जिल्लाबासीहरुमा मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको सुचना !!!

आदरणिय धादिङ जिल्लाबासी अहिन्दु मुलबासी मंगोल आमा बुवा, दाजु भाई तथा दिदि बहिनीहरुमा मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट न्यानो अभिवादन जय मंगोल टक्राउंदछौं । हाम्रो संगठनधादिङजिल्लाको मुलबासी मंगोल समुदायमाझ के भन्न चाहान्छ भने हामी हाम्रो भावी सन्ततीहरुको सुरक्षित र सुनीश्चित भविष्यको सवालमा चिन्तित र जिम्मेवार बन्दै निकट भबिश्यमा नै मंगोल युवा बिद्यार्थीको नेतृत्वमा अन्य जिल्लामा झै मंगोल नेशनल अर्गनाईजेशन धादिङ जिल्ला सभा गठन हुन गइरहेको जानकारी गराउंदछौं । आज सम्म अहिन्दु मुलबासी मंगोलहरुको भाग्य ढुंङ्गालाई दुध र मान्छे मुत खुवाउने संस्कारमा जन्मीए र हुर्किएका विदेशी भगौडा शरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्री बाट लेखिंदै आएको मुलबासी मंगोलमाझ सर्वविदितै छ । तसर्थ भोलिको दिनबाट अहिन्दु मुलबासी मंगोलको भाग्य आफैले लेख्ने र लेख्न सक्ने बनाउनको निम्ति मंगोल नेशनल अर्गनाईजेशन भद्रगोल जेल काठमाडौंमा युगपुरुष डा. गोपाल गुरुङ द्धरा १ जनवरी १९८९ मा जन्मिएको हो । यही सन्देश लिएर मंगोल नेशनल अर्गनाईजेशन अहिन्दु मुलबासी मंगोलहरुको घनाबस्ती भएको धादिङ जिल्लामा प्रवेश गरिरहेको जानकारी गराउंदछौं । 

                                     जय मंगोल !!!

Thursday, November 1, 2012


'नेपालको ईतिहासमा अस्तित्वकोलागी अन्तिम बैचारिक लडाईं मंगोल नेशनल अर्गनाइजेशनले लड्नेछ!!!'
"नेपालको ईतिहासमा अस्तित्वकोलागी अन्तिम बैचारिक लडाईं मंगोल नेशनल अर्गनाइजेशनले लड्नेछ!!!"नेपाल विश्वको एकमात्र सुन्दर शान्त देश हो भन्दा कुनै दुविधा नहोला । तर यती सुन्दर शान्त राष्ट्र भनेर चिनिने नेपाल बिगत केहि समय यता धमिरा लागेर मकिसकेको रुख जस्तै भएको छ । अबिकसीत र असक्षमताको भुमरीमा फस्न बाध्य बनाइएको छ । यसको सोझै  असर कुनै पनि घरको नकारात्मक असर घर मालिकलाई परे झैं यसको सोझै असर हामी यस देशको मुलबासी मंगोल समुदायमा पर्न गएको छ ।
   असर त मुलबासी मंगोल समुदायलाई पर्यो त्यसो भए असर पार्ने को हो त रु पक्कै पनि यस देशको बासिन्दा होइन यदी यस देशको बासिन्दा भएको भए त आÏनो देश विश्वमा सुन्दर शान्त भनेर चिनिन थाले पछि अझ बिकासको गती लाई चुस्त दुरुस्त ढंगबाट उचाईमा पु¥याउन लागि परी हाल्थ्यो नि तर यहां त शान्तिका अग्रदुत एशियाको तारा भगवान गौतम बुद्धको मुखमा मासु र रक्सी कोचारेर साम्प्रदायीकता तिर धकेल्दै छ नि, अनि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षणको निम्ति आएका जापानी भिक्षुको हत्या गरेर सिंगो देशलाई नै हिंसा र अशान्तिको बाटो तिर डोहोराउंदै छ नि ।
त्यसो भए को हो त रु पक्कै पनि सिधा भाषामा भन्दा आरोप लगाएको जस्तो हुन सक्छ तर सांचो यहि हो,बिगत आज भन्दा ४५० बर्ष पहिले तत्कालीन भारत बाट मुसलमानहरुको खेदाइमा परी शरण माग्न आएका भगौडा शरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्रीहरु हुन्, विं.सं. १४९५ मा भारतको कांसि,बनारस र गडवाल तिर बाट भिरकोट हुंदै नेपाल प्रवेश गरेको शरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्रीहरुको पहिलो निशाना तथा मुलबासी मंगोल समुदायको कालो दिन १५५९ मा गोरखामा मंगोल घले राजाको टाउको ठुन्काइ सुरु भएको कुरा स्पष्ट छ । उक्त घटनालाई प्रष्ट्याउनु पर्दा गोरखा जिल्लाको निमेल फांट भन्ने स्थानमा एउटा खोला छ त्यो स्थानको गुरुङ,मगरहरु पानि तिर्खाले हुरुर्कै मर्न तयार हुन्छ तर त्यस खोलाको पानि खांदैन कारण त्यस खोलाबाट नै मंगोल राजाको टाउको गिंडिए र रगत पुछिएको र सोहि समयमा खोलै—खोला बगेको मंगोल राजको रगतलाई नै चामलमा मुछी बिजय उत्सव मनाएको र हाल आएर त्यहि घटना नै क्षेत्रीबाहुनको दशैंमा परिणत भएकोले पानि खांदैन ।
विं.सं. १५५९ बाट सुरु भएको मंगोल समुदायको कालो दुर्दिन एक पछि अर्को गर्दै दिन प्रतिदिन षड्यन्त्रपुर्ण ढंगबाट मंगोल राजाहरुको अन्त्य भइसकेपछि यी सबै कुराहरु मंगोल समुदायका युवायुवतीहरुलाई थाहा हुन नदिन र परस्पर जुधाई अन्त्य गर्नको निम्ति २००७ सालमा राणा शासनको विरुद्ध सोझा—साझा मंगोल समुदायलाई उचाली हजारौं—हजार अकाल मृत्युको मुखमा पुराएर अन्त्य गराए, आखिरीमा राजनैतीक लडाईंको क्रममा सहादत प्राप्त गर्ने सबै नै मंगोल समुदायको को युवायुवतीहरु मात्र थिए तर आखिरमा के पायो त मंगोल समुदायले रु मंगोल समुदायको अन्त्यको निम्ति षड्यन्त्रपुर्ण ढंगबाट निर्मम हत्या गरेको छ । त्यस समयमा नेपालको अहिन्दु मुलबासी मंगोल समुदायको युवायुवतीहरुले देखाएको साहस बाट १०४ बर्षे राणा शासनकालको अन्त्य संगै प्रजातन्त्र स्थापना भयो त्यस पश्चात पुन गुम्न पूग्यो र २०४६ सालको जनआन्दोलन र मंगोल समुदायको हजारौं युवायुवतीको बलिदानले पुन प्रजातन्त्र स्थापना भयो संग—संगै २०५१ फागुन १ गते बाट नेकपा माओबादी नामक भुमिगत संगठन बिस्तार गरी १० बर्षे लामो संर्घष गरे सो समयमा आÏनो शरिरको साहसिक बलिदानी दिने सबै मंगोल युवायुवतीहरु नै भएको कुरा समस्त नेपाली जनताले स्विकार गरिसकेका छन् ।
यी सबै घटनाहरुलाई गहिरिएर अध्ययन गर्ने हो भने पक्कै पनि मानव भएर जन्म लिगिसके पछि मानवताको परिचय दिन खोज्ने ब्यक्तिहरु मा कताकतीबाट लुकेर रहेको—बल,त्रासमा हराएको—साहस,अनि बन्द आंखाहरु एघ्रिन थाल्छ,मन स्वच्छ र सफा हुन्छ,मुटु र मष्तिकहरु तेजिलो,अनि तिघ्राहरु दह्रो र निर्भिकताले भौतिक शरिर कसिएर आकाशमा कालो बादल मडारीए झै शरिर मडारीन थाल्छ एक कर्मठ यौद्धाको हैसियतले मानव भएर मानव अस्तित्व कायम गर्नको निम्ति जस्तौ सुकै परिस्थितीको पनि सामना गर्न सक्ने हिम्मत र प्रेरणा उत्पन्न हुन्छ ।

तर यस घटनालाई अलिक फरक ढंगबाट अध्ययन र अनुसन्धान गर्न आवश्यक देखिन्छ किनभने यी सबै घटनाहरु यदी त्यो राष्ट्र मुलबासीको हातमा भएको भए इतिहास बन्ने थियो र इतिहास पल्टाएपछि त्यस घटनाको अन्तरबस्तु थाहा पाउन सजिलो हुने थियो । तर यहां त घटनाहरु घटाएर उल्टो शरणार्थीको रुपमा शरण माग्न आएका बाहुनक्षेत्रीहरुले यहांको सोझा—साझा मंगोलहरुको हत्या गरी यो देश नै विदेशि शरणार्थी बाहुनक्षेत्रीको जस्तो बनाइसकेको छ यो विषम परिस्थितीमा हामीले देख्न र अध्ययन गर्न सकिने नेपालको राजनैतिक घटना क्रमबाट पनि प्रष्ट हुन्छ कि नेपालमा आज र अहिले सम्म भएका जती पनि राजनैतिक घटनाहरुमा जती पनि साहासीपुर्ण बलिदानी धेरै भन्दा धेरै मंगोल समुदायको युवायुवतीले दिनु भएको छ । तर ती सबै घटनाक्रमबाट नेपालमा बिभिन्न समयमा बिभिन्न किसिमका नयां—नयां राजनैतिक पार्टीको नामहरु सुनिन थाल्यो,रंगी बिरंगी झण्डाहरु फहराइन थाल्यो,अनि नयां—नयां नाराहरु घन्काइन थाल्यो र मुलबासी मंगोल समुदायको युवायुवतीको नशा नै बनाइयो र राजनितीको नाममा मंगोलहरुलाई बलिको बोको बनाई बलिदानी चढाइयो ।

तर कहिल्यै पनि नेपालको ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदायको निम्ति सोच्दै सोचेन विकासको गती लिइरहेको राष्ट्रलाई अविकसित र असक्षमताको भुमरीबाट बचाउन भन्दा पनि फसाउने काम मात्र गरियो र आजको एकाइसौं शताब्दीमा आइपुगेपछि केही बुझेका र पढेका भन्ने मंगोल समुदायका पढन्ते मुर्खहरुलाई घर मालिकले आÏनो घरको सुरक्षा गरेबापत हड्डीमा भुलाए जस्तै हड्डीमा भुलाइदियो र भुलिरहेका नै छ ।
त्यसकारण नेपालको ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदायहरु एकआपसमा एकता भई गुमेको अस्तित्व र भुमी फर्काउने र लिने निश्चित देखे पछि अझै पनि सकेसम्म परस्पर भिडाउनको निम्ति जातजातीको नाममा प्रदेश बिभाजन गरिंदै छ होशियार सम्पुर्ण मंगोल समुदायहरु यी विदेशि शरणार्थी बाहुनक्षेत्रीले फुटाउन खोज्दा नफुटिदिनुस्,फुटको ठाउंमा संगठित भइदिनुस् ।

भन्दै सम्पुर्ण मंगोल युवायुवतीहरुलाई अबको दिनमा दारा विनाको बाघ होइन — दारा भएको बाघ जस्तो,लुतो लागेको कुकुर होइन — स्वस्थ र सक्षम कुकुर जस्तो भई आÏनो अस्तित्व कायम गर्न र आउने भावी सन्ततीको निम्ति भए पनि अब रंगी बिरंगी झण्डा होइन — आयतकार आकार भित्रको दुई रंग र माथिल्लो भागमा पांचकोणको तारा र तल्लो भागमा विर गोर्खाली मंगोलहरुको हतियार खुकुरी भएको झण्डा फहराउनु पर्छ, बाहुनवादी फोस्रा नारा होइन अब—जय मंगोलको नाराले मंगोल बस्तिहरु घन्काउनु पर्छ,
घन्काइरहेकाछौं र सम्पुर्ण अहिन्दु मुलबासी मंगोल समुदायलाई मंगोल नेशनल अर्गनाईजेशनमा  सहभागी भई घन्काउनको निम्ति सहयोग गरिदिनु जुन हार्दिक अनुरोध गर्दछु ।

                                           जय मंगोल !!!
मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभा सदस्य रिन्छेन दोर्जे तामाङ   

"नेपालको ईतिहासमा अस्तित्वकोलागी अन्तिम बैचारिक लडाईं मंगोल नेशनल अर्गनाइजेशनले लड्नेछ!!!"

shear by : - http://www.sherpaworld.com/list/a/5/1409/146  

Tuesday, October 16, 2012

नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ?

नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ?

GOPAL GURUNG FOUNDER MNO
मेरो राजनैतिक लडाइं भनेको साम्राज्यवादी हिन्दू आर्यन बाहुन छेत्रीले सांढे चार सय वर्षदेखी नेपाल मा अपनाउदै आएको वर्ण भेदी निती विरुद्धको लडाइं हो । मेरो लडाइं भनेको आफ्नै मुलुकमा बाहुन छेत्रीको दबदबा-हेपाइ-थिचो मिचो बिरुद्धको लडाइं हो-आगामी पिंढिको उज्वल र सुरक्षित भविष्यको निम्तिको लडाइं हो । यो लडाइंमा म-बलिदानी हुन परे पनि हच्कन्न ।
                              
  - डा.गोपाल गुरुङ,संस्थापक प्रेसिडेन्ट,मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) 






मंगोल नेशनल अर्गनाइजेशन नेपालका ८० प्रतिशत अहिन्दू मुलबासी मंगोलहरुको निम्ती माउ बिनाको चिङ्नाहरुलाई आक्रमणकारी बाज,चिल,काग आदिबाट आक्रमण हुंदा झम्टन र बचाउनको निम्ती १ जनवरि १९८९ मा जेलभित्र जन्माइएको हो ।यसको स्यालुट,झण्डा,घोषणापत्र पनि जेलभित्र नै तयार पारिएको हो ।  >> गोरा आर्यहरु दक्षिण अफ्रीकामा बाइबल मात्र लिएर भित्रेका थिए ।जसले ३५० बर्षको शाषण त्याग्न बाध्य भए ।अस्तित्व विहिन भएर बांच्न बाध्य भएका कालाहरुको अथक प्रयास,त्याग र बलिदानी पश्चात गोरा आर्यहरुले घुंडा टेक्नु पर्‍यो ।त्यहाँका मुलबासी कालाहरु गोराआर्य हरुको दासताबाट मुक्त भए-नेलशन मण्डेला २७ बर्ष जेल जिवनबाट हाड र छाला मात्र लिएर निस्के,युगौं युगसम्म एएनसि(African National Congress)ले ANC भन्न पाएन दर्ता पाएन । नेपालमा मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ)ले हिन्दू आर्य (बाहुनछेत्री)बाट दर्ता नपाए जस्तै र एमएनओ भन्न प्रतिबन्धित भए जस्तै ।हिन्दू आर्य (बाहुन छेत्री)वर्तमान नेपालमा जनै मात्र भिरेर शरणार्थी को रुपमा भित्रेका हुन,तर गांस,बास पाएपछी हामिलाई नै उठिबास लगाए,आफ्नै मुलुकमा हामिलाई नै शरणार्थी बनाए ।किन कि राजनैतिक शक्ती तिनिहरुको हातमा पुज्ञो । >> अहिन्दू मुलबासी मंगोल लाई मुठिभर जनजाति(बाहुनको पैताला)बनाउने र भनाउने लगातारको षड्यन्त्रकारी प्रयासमा हिन्दू आर्य (बाहुन छेत्री)हरुलाई पुग नपुग ४४१ बर्ष लाज्ञो ।फलस्वरुप मुठिभर हड्डिको लोभमा भुक भन्दा भुक्ने र टोक भन्दा टोक्ने स्वार्थी तत्व हरुलाई लिएर १९९० मा दरबार केहि हद सम्म सफल पनि भयो ।जनजाती जुन देशमा पुग्छन्,बस्छन् त्यसै देशका मुलबासिको सबै थोक अपनाउंछन् ।यहुदिहरु तीन हजार बर्षसम्म यस्तै जनजाती थिए ।दोस्रो बिश्वयुद्ध पश्चात १९४८ मा मात्र यिनिहरुलाई आफ्नो मुलुक भन्न पाउने गरी इजरायल मा बसाइं दिने काम गरे ।कुनै मुलुकमा जन्मनु,नागरिकता पाउनुको अर्थ त्यस देशको मुलबासी हुनु होइन । >> हिन्दू आर्य शाहको वंशज चितौडबाट मुगोल(बाबु मंगोल आमा पर्सियन)हरुको खेदाइमा परे पछी उजैन हुँदै वर्तमान नेपालको भिरकोटमा १४९५ मा पसे ।त्यसको ६४ बर्ष पछी १५५९ मा द्रब्य शाह लगायत नारायण अर्याल र गणेश पाण्डेको षड्यन्त्रबाट घले राजा थुनिए पछी मुलबासी अहिन्दू मंगोलको पतन शुरु हुन्छ ।गुरुङ(तमु)मगरको शक्ती संचय पछी यिनिहरुलाई एक हल गोरु जस्तै बनाएर वरपरको मुलुक आफ्नो अधिनमा बनाउंदै पुथ्वी नारायण शाह हिन्दू साम्राज्यबाद फैलाउने नितिअनुरुप काठमाडौंलाई जितेपछि"असलि हिन्दूस्थान भनेको यही हो" भनेर डुग्रीन्छ पुथ्वी नारायण शाह । हिन्दूहरुको असलि स्थान भनेको यही हो भनेर अन्तराष्ट्रीय नाराको थालनी गर्ने पुथ्वी नारायण शाह हुन् अर्थात श्री ५,श्री ६(बाहुन)हरुको षड्यन्त्र तिब्र रुपमा बढे पछी त्यसको अनुकरण श्री ३ र श्री २ हरुले मद्दत पुर्‍याउंदै गए ।पुथ्वी नारायण शाहका नाती रण बहादुर शाहले १७९६ मा यस देशका अहिन्दू मुलबासिहरुलाई मतवाली बन्न र भन्न लगाए र मतवालिको दर्जा हिन्दू समाजको शुद्र(कुकुर)आर्थात बाहुनको खुट्टा भन्न लागाए ।मनुको नियम लाद्दै गए ।हिन्दू समाजमा चार जात हुन्छ । हिन्दू समाजको टाउको बाहुन हो,छेत्री बाहुनको सुरक्षा गर्ने हात हो र बैश्य,शुद्र पाप योनी बाट जन्मेको अर्थात बाहुन छेत्रीको अनैतिक सन्तान शुद्रबाट अति शुद्र बनाइए अथावा भनाइए पछी त्यो जात होइन जाती हुन्छ अर्थात बाहुनको खुट्टा भन्दा तलको पैताला कामि,दमाइ,सार्की जनजाती आदी जाती अति शुद्र हुन् जाती हुन् बाहुनको पैताला हुन् त्यसमा पनि जनजाती मुलुक नै नभएको जाती । >> रण बहादुर शाहले मतवाली र शुद्र अभियानपछी महेन्द्रले पद र पैसाको लोभ देखाएर दिलमान सिंह थापामगर र पद्मासुन्दर लावती शुद्र ग्रहण गर्न लगाए ।त्यस पछी थोरै समयमानै केहि विवेकहिन पडन्ते जमातलाई पद र पैसाको लोभ देखाइ विरेन्द्रको समयमा १९९० ताका देशै नहुने बाहुनको पैताला(अतिशुद्र)जनजाती सुजना गर्न बनाउन र भनाउन केहि तहसम्म सफल भए ।त्यसमा गोरखपुरको अधिवेशनमा मोहनविक्रम सिंह र शुरेस आलेको अत्यन्त ठुलो भूमिका रह्यो दरवारको आड र सहयोग पाएर ।यसरि हेर्दा १५५९ देखी १९९० सम्मको प्रयासमा ४३१ बर्ष लागेको देखिन्छ ।बाहुन छेत्रीलाई हाल आएर बाहुन छेत्री भनेको नेपाल,नेपाल भनेको बाहुन छेत्री जस्तो बनाइएको छ । >> यस अघिको संविधान जसलाई बाहुन छेत्रीले एशियाकै सर्वोकुत संविधान भन्ने गर्थे ।त्यसलाई मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङ भन्ने गर्थे ।'यो संविधान संविधान होइन कागजको खोष्टो हो -त्रीपक्षिय संझौता पत्र हो । दरबारिया बाहुन छेत्री-कांग्रेसी बाहुन छेत्री र कम्युनिष्ट बाहुन छेत्रीको संझौता पत्र हो ।यही कुरा उहांले इलाम टुंडिखेल विशाल मंगोल सभामा पनि व्यक्त गर्नु भएको थियो ९ नोभेम्ब र १९९० मा ।आएर १७ वर्ष पुग्दा नपुग्दै भयो पनि त्यस्तै ।पहिलाको संविधान एमएनओले ९ नोभेम्ब र २००१ (२३ कार्तिक २०५८)को संविधान दिवसकै दिन दोलखा र रुपन्देहीमा जलाईएको थियो । >> हिन्दू धर्म धर्म नभएर हिन्दूत्व हो बाहुनबाद हो ।१९२३ ना हिन्दूत्व पुस्तक लेख्ने काम भारतका एक जना बाहुन ले गरे त्यसकी दुइ बर्ष पछी १९२५ मा पांच जना बहुनले बाहुनहरुको धलिमली र उच्चतमतालाई बचाइ राख्न नागपुरमा बैठक गरे,त्यस पछी १९२८ मा बाहुनहरुको एउटा अधिवेशन गरी हिन्दूत्वलाई हिन्दू धर्म बनाएर प्रचार प्रसार गरे र भारतको राजनिती पनि जगल्टे,नंगा साधुहरु र बाहुनहरुको हातमा(विश्व हिन्दू परिषद्)भएको यस काममा दिलो ज्यान मद्दत पाए । >> संसारमा धर्म तीनवटा मात्र छ बुद्ध धर्म सबै भन्दा पुरानो,त्यसको झण्डै ५ सय बर्ष पछी जन्मेको धर्म क्राइष्ट र त्यसपछी मक्काबाट जन्मेर प्रचार प्रसार भएको इस्लाम धर्म ।हिन्दूबाद भनेको ढुङ्गालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार बोकेकाहरुको हो । >> नेपाल र भरतको राजनैतिक लडाइं भनेको कुनै बादको होईन,ककसियसबाट लखेटिएर ३ हजार ५ सय बर्ष अघी वर्तमान भारत र ५ सय वर्ष अघी वर्तमान नेपालमा शरणार्थी भएर नेपाल भित्रेका हिन्दू आर्य(बाहुन छेत्री)र अहिन्दू मुलबासी मंगोल माझको हो,भारतमा बाहुन छेत्री १५ % र नेपाल मा २० % मात्र छन् ।स्वस्तिक चिन्हको अर्थ बुद्ध धर्म बिरोधि-क्रीश्चियान धर्म विरोधी हो-मुसल मान,सिक र जैन विरोधी तानाशाही चिन्ह हो ।यो चिन्ह तानाशाही हिटलरको थियो यही चिन्ह हिन्दूहरुको छ ।केहि वर्ष अघी देखी बुद्धको छातिमा पनि (क्लकवाइज् र एन्टी क्लकवाइज्को)भ्रम सुजना गरेर स्वस्तिक चिन्ह टांसिएको छ ।यो षड्यन्त्र नेपालका हिन्दूहरुको बुद्ध विरोधी अभियान हो र दक्षिण कोरियाली बुद्धमार्गी कलाकारलाई भ्रममा पारी त्यहिबाट प्रचार गर्न लागिएको छ तिनिहरुकै खर्चमा ।
                         
             "मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङको लेखहरुबाट संकलित"       

मेरो सपना,सङ्घर्ष र उद्देश्य

मेरो सपना,सङ्घर्ष र उद्देश्य

अरुणराज गुरुङ(सचिव जिल्ला सभा दोलखा एम.एन.ओ) 
प्रिय चोमोलोङ्मा अघात माया अनि श्रद्दा अटलताको निम्ती साथै दर्शन र स्यालुट लुम्बिनिलाई पनि जसले महामानव,शान्तिका अग्रदुत गौतम बुद्धलाई जन्म दियो ।

                         प्रिय चोमोलोङ्मा तिमीलाई एउटा चिठी कोर्दैछु । सम्झनाको निम्ती अनि लुम्बिनिलाई आग्रह अर्को बुद्धको जन्मको निम्ती जसले अस्तित्व र २१ औ शताब्दी सुहाउदो क्रान्ती विश्वमा गरोस्। हो चोमोलोङ्मा तिमी हामी बाट टाढा हुँदैछौ,साथमा रहेर पनि बिरानो हुँदैछौ । तिमीलाई थाहा छ तिमी बलात्कुत भइसक्यो । नाम पनि खै कसको दिमागको गुइठो हो सगरमाथा नाम राखिसक्यो ।त्यसैले तिमी लाई त धेरैले  चिन्दैनन् त्यही  गुइठोलाई मात्र चिन्छन । भन्न त तिम्रै काखमा खेल्ने हरुलाई बाबुराम आचार्य  भन्नेले सोचेर सगरमाथा भन्यो अरे तर तिम्रो काखमा हामी सबैले त चोमोलोङ्मै भनेर चिन्थे । चोमोलोङ्मा तिमीलाई चित्त त दुख्यो होला तिमी यसरि बलात्कुत हुँदा पनि हामी टुलु-टुलु हेरिरहे भनेर,तिम्रो महानतको उचाइ नापेन भनेर हामी त्यो समयमा लाचार भयौ तर पनि तिमी अटल रहेर विश्व सामु सबैको शिर बनिरहेका छौ । तिमीलाई थाहा छ हामी  मंगोलहरु इमान्दार र सोझा हुन्छौ । त्यसैले केहि हुल शराणार्थिहरु सुख खोज्ने नाममा हाम्रो वस्तिमा आयो,हाम्रो खेल्ने मैदानमा पाती पढ्दै माग्न आयो,हामिले बस्न दियौ,खान दियौ अनि पछी त सबै खोस्यो । हामी खेल्ने मैदान हेर त आज को रम्दैछ ? सुन्दर डाडा र बस्तीहरु हेर त असभ्य शुद्र शिवको लिङ्ग ठड्याइएको छ,हामी लुकामारी खेल्ने ठाउ हेर त जनै र धोती लुकाउने ठाउ पो बनेको छ । पाती पढेर मागी खानेले तिमी र हामी सबैलाई बन्धकी जन्मदै २० हजारको रिन बनाइएको छ । बिचरा त्यो शिशुले,त्यो बालकले २० हजारको सुविधा के उपायोग गरे होलान ?  रिन भन्दा अरु केहि छैन छ त भोको पेट,नाङ्गो शरिर,फाटेको लुगा,अन्धकार र दु:खमय,जिवनका कथा हरु मात्र । त्यसैले हामी लाचार र मुखदर्शक हुन बाध्य भयौ चोमोलोङ्ममा ।तर अब केहि छैन रहेछ भने विवश  नहुनु किनकी हामिले सबै देख्यौ र बुझ्यौ पनि । हामी गुमेको अस्तित्व पहिचान र माटो लिनको निम्ती कम्मर कसिसकेका छौ ।हामी जस्तै आफ्नो सन्तती र उज्वल भविष्यको निम्ती हाम्रै सन्तान त्यही तलको भारतमा पनि ब्युझदैछ नपत्याए लुम्बिनिलाई सोध त । हामी भोली पनि अतितमा झै तिमीसग अंकमाल गर्न चाहान्छौं,चुम्न चाहन्छौं जुन निश्चल थियो र हुनेछ ।

                   प्रिय लुम्बिनी विश्वलाई थाहा छ तिम्रै गर्भमा जन्मेको गौतम बुद्ध विश्व शान्तिका  अग्रदुत बने तर तिमीले त्यही लुम्बिनिमा देख्यो होला केहि पाखण्डि,जडिया भगौडा शरर्णाथिहरुले बुद्धको मुर्तिमा मासु र रक्सी कोचेको,सुन्यौ होला तिम्रै सरक्षणका निम्ती आएको जापानी भिक्षुको हत्या गर्‍यो भनेर,बुद्धको अनुयायिहरु चितौडिया शरर्णाथिहरुको खेदाइमा परेको,स्तुपाहरु भात्काइएको त्यही हिमाल पारी पनि नभए चोमोलोङ्मा लाई सोध त । थाहा छ तिमीलाई बुद्धको छातिमा त तानाशाही हिटलरको सिद्दान्तविहिन नाजिवादिहरुको श्वासतिक चिन्ह राख्दैछ नि,हामिहरु बिचको सम्बन्ध र सन्तानहरु(मंगोल)को सबै कुरा हडपेर विकुती ल्याउदै छ ।प्रिय लुम्बिनी हाम्रो इतिहास अशोक सम्राटले लेखिदिए चिनियां यात्री फाहियान(कुगं)ले यात्रा संस्करणमा लेखे प्रिय पालो अब हाम्रो हो त्यसैले हामी पनि लेख्न तयार हुँदैछौं। हामी हिजो सम्म दयाले हार्‍यौं तर अब हामी दया साथै कठोरताले जित्ने छौं।तिमीलाई थाहा होला एकजना विदेशी पर्यटक वासी ब्राउनको भनाइ अनुसार 'पाटन अब अतित गौरवको खडहरु बाहेक अरु केहि छैन,यो बिजित नेवार र पराजित बौद्ध धर्मको थलो हो ।' यस भनाइ बाट पनि प्रश्ट हुन्छ हामी मंगोलहरु माथी कसरी आक्रमण गर्‍यो भनेर ।तर,पनी उपत्यकाका नेवारहरु भने त्यही हिन्दू साम्राज्यवादिका ठेकेदारहरुलाई नै बाजा बजाएर स्वागत गर्नमै व्यस्त छन । पुथ्विनारायणदेखी ज्ञानेन्द्रसम्म तर मंगोलकै सन्तान पहिलो राष्ट्र्पती हुँदा भने त्यस्तो तडक भडक छैन ।

                      प्रिय चोमोलोङ्मा लुम्बिनी तिमीहरु भ्रममा नपर्नु कोही भगौडा शरर्णाथिहरुले हाम्रो उन्नती प्रगती र विकास गर्ला भनेर ।केहि बाहुनबादकै विरोधी हिन्दूहरु गिता,महाभारत जस्ता कथित ग्रन्थको विरोध हैन भन्दै गिता दर्शनमा आधारित सुन्यतावादको विरोध गरे जस्तो गरी सस्तो लोकप्रियता र गोहिको आशु झार्न आउने छन । प्रिय लुम्बिनी हाम्रै पवित्र सुम्निमालाई असभ्य भन्ने र असभ्य हिन्दूवादिलाई सभ्य भन्दै २०% को मात्र हिन्दू राजा सग मेलमिलापको ढिङ हाकेर लोकतान्त्रीक समाजवादको फोस्रा गफ दिने वि.पी त रहेनन् तर पनि शेर्पा(मंगोल)लाई आदिवासी भन्ने र कथित हिन्दूत्व लाई मात्र धर्म सम्झेर धर्म र बिज्ञान दिन र  रात जस्तै फरक भन्ने कथित कम्युनिष्ट नेता मोदनाथ प्रशित भने जिवितै छन् । प्रिय लुम्बिनी प्रशित लाई भनि दिनु अनि बिश्व प्रसिद्ध बैज्ञानिक आइन्सटाइनको बुद्ध धर्म प्रती ब्यक्त गरेको अभिब्यक्ती सम्झाइदिनु बुद्ध धर्म बिज्ञान सम्वत छ भनेका थिए आइन्सटाइनले । खगेन्द्र सङ्ग्रौला लाई भनिदिनु राइ(मंगोल) हरुलाई अति शुद्र,सिमांन्तकुत जाती भनेर लेख्नु भन्दा पहिले आफ्नो गिदी र बिचार परिवर्तन गर भन्नु हाम्रै भुमिमा मागी खाए,बांचेर गोबारे दिमाग भएकाले हामिलाई नै घंटिमा झुन्डेको माहुरिको  घाडो वा झन्झट सम्झीरहेको छ । गोला माहुरिको बारेमा थाहा नै होला नभए सम्झाइदिनु चोमोलोङ्माले पनि ।रामेछापका उपाध्याय भनिने उपद्रो बाहुनलाई राक्षको सन्तान को हो ? चिनाइदिनु १८ पुराण मा बाहुन हरु नै राक्षसको सन्तान भएको कुरा पनि सम्झाइदिनु ।प्रिय चोमोलोङ्मा तिमी त तराइको फाट देखी हिमालको चुचुरा सम्म देख्छौ । तिमीलाई त टेथिस सागरले ८८४८ मि.सम्म अग्ल्याइदियो । हामी त ४/५ फिट न छौं तर पनि हाम्रो भावना त एउटै छ नि हैन ?तिमीले त राइमा भित्री रहेका २ खुट्टे भ गौडा शरर्णाथिहरुको महामारिलाई तिम्रो चिसोले धपाउनु पर्छ,अगाडी बढीरहने कुसंस्कार र कुरितिलाई रोक्नु पर्छ । 
प्रिय लुम्बिनी बाकी कुरा बाकी जिवनका सहयात्रामा गरौला अनि चोमोलोङ्मा मेरो सन्देश हरु पाखा पखेरा,कुना कन्दराहरुमा छाडि राखौला जसले तिमीलाई सुनाउने छ सन्चो बिसन्चो को समाचार पनि । प्रिय लुम्बिनी मेरो यो देशलाई सुन्दर शान्त र पवित्र बानाउने चा हाना छ साथ दिन्छौ हैन त ? मैले सकेन भने निराश नहुनु किनकी हाम्रा हजार सन्तान(मंगोल)हरु उठ्दैछन बिउझदैछन । प्रिय चोमोलोङ्मा मेरो सघर्ष तिमी जस्तै   अटल,अमर र स्वतन्त्र बन्नको निम्ती हो । अनी उद्देश्य ति दु:खी सन्तान हरुलाई तिमी जस्तै हंसिलो,निडर,साहसी र शिर ठाडो पारेर स्वाभिमानी साथ बांच्न सिकाउनु हो त्यसैले हामी सबै एक हुने छौ भन्ने आशा र हौ भन्ने आग्रहका साथ उहि तिम्रो ...............   
         

          अरुणराज गुरुङ(एम.एन.ओ  जिल्ला सभा सचिव  दोलखा) 

मंगोल मुक्ती सेनाको अपिल

                                          मंगोल मुक्ती सेनाको अपिल 

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनुहरु, 

                 नेपालका अहिन्दू मुलबासी मंगोल समुदायलाई ४५० बर्षदेखी शोषण,दमन,अन्याय र अत्याचार गर्दै आइरहेको धमिरा लागेर मक्किइसकेको विदेशी हिन्दू आर्यन बाहुन-छेत्री शाषक आज अत्यन्तै कठिन,जटिल र संकटग्रस्त अवस्थामा पुगेको छ ।यि विदेशी आक्रमणकारी हिन्दू आर्यन बाहुन-छेत्री शाषक हरु यस अवस्थामा पुग्नुमा मंगोल नेशनल अर्गनाइजेशन र नेपालका ८० प्रतिशत अहिन्दू मुलबासी मंगोल समुदायका युवा-युवती हरुको ठुलो देन रहेको छ ।४५० बर्षदेखी शोषण,दमन,अन्याय र अत्याचार गर्ने यि साम्राज्यबादि,बिस्तारवादी र हिन्दू अतिवादी शाषक हरुबाट मुक्ती हुनका निम्ती नेपालका अहिन्दू मुलबासी मंगोल समुदायका हजारौं युवा-युवती हरुले बलिदानिपुर्ण संघर्ष गर्दै आइरहेका छन् ।  यही संघर्षका कारण देखावटी रुपमा भए पनि यहाँका शाषक हरु परिवर्तनको नाटक गरिरहेका छन् ।विगतमा पनि हाम्रा अग्रज हरुले संघर्ष गरेका थिए,तर यि शाषक हरुले हाम्रा अग्राजाहरुलाई परिवर्तनको नाटक गरी विश्वासघात गरे ।अहिले पनि एनेकपा माओवादि,नेकपा-माओवादि,नेपाली कांग्रेस र एमालेको नेतुत्वमा रहेका बाहुन-छेत्री नेताहरुले हाम्रो समुदायका युवा पुस्ताप्रती त्यस्तै नटक र गद्दारी गरिरहेका छन् ।किनकी तिनिहरुको पुर्खाको चरित्र र यिनिहरुको चरित्रमा कुनै भिन्नता र फरक छैन ।यिनिहरुले निश्चित समयमा संविधान नबनाउनुको मुल कारण यही हो ।
              यिनिहरुका पुर्खा हिजो नेपालमा शरणार्थी भइ हाम्रो पुर्खाको घर-घरमा नागको नक्सा टांस्दै पाती पढेर मागी खाने गर्थे ।आज हाम्रो मुलुक नेपाल लाई ति निहरुका सन्तानले बन्दकी राखेर विदेशिहरुसंग भिक्षा थापिरहेका छन् । संविधानको नाममा १२० अर्ब रुपैंया खर्च हुनु,तर संविधान नबन्नु यसैको परिणाम हो ।हामिमाथी यि विदेशी हिन्दू आर्यन बाहुन-छेत्री शाषक हरुले कहिले शाह वंशिय राजतन्त्र,कहिले पन्चायती ब्यबस्था त कहिले कांग्रेस,एमाले र माओवादिको नाममा आफ्नो सामन्ति-सत्ता र संस्कार जबर जस्त रुपमा लादेर हामिमाथी शोषण,दमन,अन्याय र अत्याचार गरिरहेका छन् ।अहिले हामी प्रत्यक नेपालोको थाप्लेमा विदेशिहरुको २० हजार रुपैंया रिन छ ।नेपाल जलश्रोतको धनी मुलुक भए पनि पिउने पानीको समस्या र लोडसेडिङको भार मुलुकले खेप्न बाध्य छ ।महंगिले नागरिकको ढाड भांचिएको छ,विकास निर्माणका कामहरु ठप्प छन् ।हत्यारा,अपहरणकारि,देश लुटेरा र भ्रष्टचारिहरुलाई एनेकपा माओवादि,नेपाली कांग्रेस र एमालेको नेतुत्व पंक्तिले संरक्षण गरिरहेका छन् । किनकी यि सबै राजनैतिक दलको नेतुत्व तहमा विदेशी हिन्दू आर्यन आक्रमणकारी बाहुन-छेत्रीहरु छन् ।
  हामी यिनै हत्यारा,अपहरणकारि,देश लुटेरा,भ्रष्टचारी र महंगिको विरुद्धमा नेपालका अहिन्दू मुलबासी मंगोल समुदायको जनमत सुर्जना गरी यसका विरुद्ध भिषण आंधि-बेहेरिका साथ संघर्ष गर्ने तयारिमा जुटिरहेका छौं ।हामिलाई तपाइहरुको अ मुल्य साथ,सहयोग र सल्लाह प्राप्त हुनेछ भन्ने अपेक्षा गरेका छौं ।संगठन विस्तार तथा सदस्यता वितरण अभियानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । जय मंगोल । 
                                                                                                
मंगोल मुक्ती सेना                                                                                                                                                           फोन:९८४१६२६७५१